दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

Vision, Objective and Strategy

आयोगको सोच

दलित समुदायको मानव अधिकारको सम्मान तथा हकहितको संरक्षण र सम्वर्द्धनका लागी जातीय भेदभाव र छुवाछूतको अन्त्य गरी सम्वृद्ध, समतामूलक र सामाजिक न्यायपूर्ण समाज निर्माण गर्ने ।

उद्देश्य

  • आर्थिक, सामाजिक तथा राजनैतिक अवसरबाट बञ्चितिमा परेका दलितहरुका लागि मुलुकमा उपलब्ध साधन स्रोत तथा सुविधामा समानुपातिक समावेशी पँहुचको सुनिश्चितता गर्ने,
  • दलित समुदायको मानवअधिकारको संरक्षण तथा प्रर्वद्धन गर्ने,
  • विभेद तथा छुवाछूत अन्तय गरी राष्ट्र निर्माण तथा विकासमा मूलप्रवाहीकरण गर्ने ।

रणनीति

  • मुलुकको उपलब्ध स्रोत साधानहरुमा दलित वर्गको समानुपातिक पँहुच बढाउने,
  • राज्यका तिनै तहमा हुने निर्णय प्रक्रिया तथा यसका प्रशासनिक संरचनामा सकारात्मक विभेद र आरक्षणको माध्यमबाट दलित समुदायको प्रभावकारी भूमीका र सहभागिता सुनिश्चित गर्ने,
  • जातीय भेदभाव र छुवाछूत व्यवहार अन्तयका लागि विद्यमान नीति, कानून र कार्यक्रमको अनुगमन र मूल्यांकन गरी सुधारको लागि सिफारिस गर्ने,
  • सबै किसिमका जातीय भेदभाव र छुवाछूत जन्य व्यवहारलाई पूर्ण अन्त्यका लागि समाजिक चेतनामुलक कार्यक्रम चलउने,
  • विभेद र छुवाछूत जन्य सामाजिक व्यवहारको अनुसन्धान गर्ने र कानूनी कारवाहीको लागी सिफारिस गर्ने ।